पुसबाट कोरियामा कामदार पठाउने सरकारको तयारी


प्रकाशित: मंसिर २१, आइतबार, काठमाडौँ ।

सरकारले आउँदो पुसबाट कोरियामा कामदार पठाउने तयारी गरिरहेको छ । तर, कोरिया रोजगारीका जानकारहरुका अनुसार नेपालको अहिलेको अवस्था तथा सरकारी तयारी हेर्दा त्यति सहज नरहेको देखिन्छ ।

कोरियाको भिसा लागेका तथा श्रम सम्झौता भइसकेका करिब ६ हजार ५ सय नेपाली युवा कोरिया जाने दिन पर्खेर बसेका छन् । रोजगारदातासँग याँ श्रम सम्झौता गरेको ५ हजार छन् भने एकपटक कोरियाको रोजगारी पूरा गरेर फर्केका तथा पुनः कामका लागि जान लागेका १ हजार ५ सय कामदार यस्तो पर्खाइमा छन् ।

नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेका कारण कोरियाले कामदार लैजान्छ भन्नेमा विश्वास गर्न नसकिने कोरिया रोजगार क्षेत्रका जानकारहरु बताउँछन् । ८ महिनादेखि नेपालबाट रोजगारीका लाथिगगि कोरिया जाने क्रम नै रोकिएको छ ।

यता, नेपाली कामदार समयमै रोजगारस्थल कोरिया पुग्न नसकेपछि त्यहाँका रोजगारदाताले धमाधम नेपाली श्रमिकसँग गरेको श्रम सम्झौता रद्द गर्न थालेका छन् । जसले भाषा परीक्षा उत्तीर्ण भइ रोजगारीका लागि श्रम सम्झौतासमेत भइसकेका नेपाली युवा कोरिया जानबाट बञ्चित हुने अवस्था आएको छ । कोरियाले नेपाली कामदारको स्थानमा कम्बोडियाबाट श्रमिक लैजाने प्रक्रिया सुरु गरेको छ ।

सरकार र कोरियाको मानव संशाधन बोर्डका प्रतिनिधिबीच नेपाली कामदार लैजाने छलफल भए पनि नेपालको अवस्था हेरेर कोरियाली पक्ष हच्केको बतायएको छ । यद्यपि, रोजगारदाताले श्रम सम्झौता रद्द नगरेको अवस्थासम्म म्याद समाप्त भएको युवाको भिसा अवधि थप गर्ने एचआरडीले आश्वासन दिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial