आजदेखि सिनेमा हल खुले


काठमाडौं । कोरोना महामारीका कारण गत वर्षको चैत दोस्रो सातादेखि बन्द रहेका सिनेमा हलहरु आजदेखि खुल्दैछन ।

फिल्म हल सञ्चालकहरूले आन्दोलनको रूपमा आजदेखि हल खोल्न लागेका हुन ।
चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल एक साथ बन्द गरिएका थिए ।

नेपाल चलचित्र संघका अनुसार सरकारको आग्रह र हल सञ्चालकहरूले कोरोना महामारीप्रति उत्तरदायित्व बोध गरेर चैत ६ गतेदेखि नै हल बन्द गरेका थिए ।

तर सरकारकै तर्फबाट पनि ठूला सभा र विभिन्न दलका आन्दोलनहरु भइरहँदा समेत संक्रमणको त्रास देखाएर सिनेमा हल खोल्न अनुमति नदिएपनि नेपाल चलचित्र संघले आजबाट हल सञ्चानल गर्न लागेको हो ।

आज शुक्रबारदेखि हल सञ्चालन हुने भएपछि बिहीबार सरसफाइ गरिएको थियो । काठमाडौंका सिनेमा हलहरुमा आज दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ प्रदर्शन गरिने भएको छ ।

नेपाल चलचित्र संघका अनुसार देशभरमा दुई सय सिनेमा हल बन्द हुँदा यसमा आश्रित ३० हजार परिवारको गुजरामा संकट उत्पन्न भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial