झापामा महिलाको शव फेला


झापा । शनिबारदेखि बेपत्ता भएकी बिर्तामोड निवासी एक महिला आज बिहान मृत फेला परेकी छिन् ।

बिर्तामोड नगरपालिका– २ चैतुवारी निवासी ४० वर्षीया दिनो राजवंशी घर नजिकैको खेतमा मृत फेला परेकी हुन् । स्थानीयवासीले भने ती महिलाको कसैले हत्या गरेर खेतमा शव छाडेको बताउँदै आएका छन् ।

प्रहरीले शङ्कास्पद अवस्थामा महिलाको शव फेला परेपछि सङ्घीय एकाइ कार्यालय धरानबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial