सेयर बजारमा नयाँ रेकर्ड, नेप्से हालसम्मकै उच्चविन्दुमा


काठमाडौं–
सेयर बजार नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से सूचक बिहीबार २५.२१ अंकले बढेर २०८७.२८ विन्दुमा बन्द भएको छ ।

केही दिन सुस्त रहेको बजारमा बुधबारदेखि पुनः उकालो लागेको हो।

खरिदबिक्री रकममा पनि बृद्धि हुन थालेको छ । अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र बैंक ब्याजदर पनि सस्तो भएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिसन पनि घटाएकाले बजार सकारात्मक भएको विश्लेषकको भनाई छ ।

नेप्सेमा बिहीबार २०७ कम्पनीको ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कुल १ करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर किनबेच भएका छन् । निर्जीवन बिमा समूहबाहेक बाँकी सबै समूहमा वृद्धि भएको छ । सबैभन्दा धेरै ट्रेडिङ समूह १८७.७३ अंकले बढेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर भाउ सर्किट लागेर बढेको छ । साल्ट ट्रेडिङको भाउ १०५ ले बढेको हो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अघि आएको छ । यसको ४६ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial