प्रकाशित: मंसिर २०, शनिबार, काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोनाको कारण ज्यान गएसँगै कुल मृतकको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या घटिरहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै हालसम्म नेपालमा २ लाख २१ हजार ८ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १७ लाख ७१ हजार ९ सय ५० पीसीआर परीक्षण भएकापे छ । भने १५ हजार ४ सय ४७ संक्रमित आइसोलेसनमा रहेको र ५३७ जना क्वारेन्टाइनमा रहेका छन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :