सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली मंसिर २५ गतेदेखि हटाउने


प्रकाशित: मंसिर २१, आइतबार, काठमाडौँ ।

मंसिर २५ गतेदेखि यातायात व्यवसायीहरुले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने तयारी गरेका छन् ।

कोरोना भाइरसका कारण गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात भदौ एक गतेदेखि जोरबिजोर प्रणाली लागूगरी सञ्चालन हुँदै आएको थियो ।

सार्वजनिक यातायात प्रति सरकार गैरजिम्मेवार भएको भन्दै मजदुर र व्यवसायी मिलेर मंसिर २५ गतेबाट जोरबिजोर प्रणाली हटाउन लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

यसका लागि सीसीएमसीलाई पत्र पठाउने तयार भैरहेको बताइएको छ । सार्वजनिक यातायात प्रयाग गर्ने यात्रुको चाप बढेकाले जोरबिजोर प्रणाली हटाउने तयारी भएको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial