आज बढ्यो सुनको मूल्य



प्रकाशित: मंगसिर १६, मंगलबार, काठमाडौँ ।

स्थानीय बजारमा आज सुनकोमूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० पुगेको छ ।

त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृद्धि भएको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial