तोलामा ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।
नेपाली बजारमा यो साता सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यपनि प्रतितोला २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial