आयाक्सलाई हराउदै लिभरपुल नकआउट चरणमा


प्रकाशित: मंगसिर १७, बुधबार, एजेन्सी ।

डच क्लब आयाक्समाथि १–० को साँघुरो जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।

लिभरपुलले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । अब लिभरपुलले समूह चरणको अन्तिम खेलमा अर्काे साता डेनमार्कको क्लब मिट्जेल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

यस खेलमा हार बेहोरेपनि लिभरपुल समूह विजेता नै हुनेछ । लिभरपुलको ५ खेलबाट १२ अंक रहेको छ । समान खेलबाटै एट्लान्टाको ८ तथा आयाक्सको ७ अंक छ । मिट्जेल्यान्डको १ अंक छ । अर्काे साता आयाक्स र एटलान्टाबीचको खेलबाट यस समूहबाट नकआउट चरण पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

यही समूहको अर्काे खेलमा एटलान्टा र मिट्जेल्यान्डको १–१ गोलको बरारी खेल्दै अंक बाँडेका छन् । मिट्जेल्यान्डले समूहमा पहिलो अंक जोड्न सफल भएको हो । मिट्जेल्यान्डका एलेक्सान्डर स्कल्जले गोल गर्दा एटलान्टाका क्रिस्टियन रोमेरोले बराबरी गोल फर्काएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial