घरको बलेनीमा लडेर एक जनाको मृत्यु


पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका २ पोखराथोकका २९ वर्षीय संजय पहारीको बलेनीमा लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले ​घर भित्रबाट बाहिर निस्कने क्रममा ढोका नजिकैको पेटीबाट उनी बलेनीमा लडेर मृत्यु भएको जानकारी दिए ।

मृतककी ठूली आमाले विहान पूजा गर्नको लागि फूल टिप्न जाने क्रममा ती युवक लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial