तस्करलाई नियन्त्रण गर्ने क्रममा गोली चल्यो ।


प्रकाशित: मंसिर २१, आईतबार, बुटवल ।

गैंडा तस्करहरुलाई नियन्त्रण गर्ने क्रममा  गोतालमा गोली चलेको हो । गोली लागेर एक जना घाइते भएको र ३ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरलले जानकारी दिए ।

एसपी पोखरेलका अनुसार बुटवलको मिलनचोकस्थित एक होटलमा गैंडाको खागसहित तस्करहरु बसेको भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चार जनामध्ये एक जनालाई गोली लागि घाइते भएका छन् । घाइते हुनेमा काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश न्यौपाने रहेका छन् ।

“उनीहरुलाई पक्राउ गर्न प्रहरी त्यहाँ पुगेको थियो । तस्कर र प्रहरीबीच घम्साघम्सी भएपछि तस्करको समूहले हतियार खोसेर प्रहरीलाई गोली हान्दा उनकै समूहका राकेश न्यौपाने भन्नेलाई गोली लागेको हो।” एसपी पोखरेलले बताए ।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । होटलबाट खाग समेत बरामद गरिएको र त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial