कांग्रेस प्रवक्ता भन्छन्– कांग्रेसलाई जिस्क्याउनु र सुतेको बाघलाई जिस्क्याउनु एकै हो


काठमाडौँ
- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज काठमाडौंलगायत देशका ७७ जिल्लामा प्रदर्शन गरेको छ। कोरोनाभाइरस महामारीको जोखिमका बीच कांग्रेसले प्रदर्शन गरेको हो ।

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको र जनअपेक्षाअनुसार काम नगरेको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो। महिला हिंसा वढेको, सरकार आन्तरिक द्वन्द्वमा हराएको लगाएका विषयमा पनि कांग्रेसको प्रदर्शन केन्द्रित छ ।

नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सुतेको कांग्रेसलाई नजिस्क्याउन सरकारलाई चेतावनी दिएका छन् । उनले कांग्रेसलाई जिस्क्याउनु र सुतेको बाघलाई जिस्क्याउनु एकै भएको बताए ।

‘महामारीका बेला सडकमा किन आउनुप¥यो ? हामीलाई पनि चाहना थिएन’ उनलेभ भने–‘सरकारले भनेको मानेर घरघरमै बसेकै थियौँ । सरकारलाई चुपचाप सघाएकै थियौँ । कांग्रेसको तर्फबाट ५० लाख लगेर सरकारलाई दिएकै हौँ । तर सरकार सच्चिएन।’

यसैगरी, कोईलालीको कार्यक्रमलाई सम्वोधन गर्दै नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडिराखेको आरोप लगाएका छन्। ‘हामीले भन्दा लागेन। अहिले प्रचण्ड र माधव नेपालले भनिरहनुभएको छ’– उनले भने।

यस्तै, काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति बाटिकामा कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभापति शेरबहादुर देउवा मकवानपुरस्थित हेटौंडामा भएको प्रदर्शनमा भाग लिन पुगेका छन्।

भक्तपुरमा उपसभापति विमलेन्द्र निधि, ललितपुरमा कोषाध्यक्ष सीतादेवी यादव, झापामा सहमहामन्त्री प्रकाशशरण महतले कोण सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

सरकारविरूद्ध कांग्रेस कार्यकर्ता सडक जाम गरेर प्रदर्शनमा उत्रिएका हुन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial