ओली सरकार इतिहासकै भ्रष्टः गगन थापा


ओली सरकार इतिहासकै भ्रष्टः गगन थापा
काठमाडौँ - नेपाली कांग्रेसका नेता गगन थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको बताएका छन् । कैलालीमा आयोजित विरोध प्रदर्शनलाई सम्वोधन गर्दै थापाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप समेत लगाए ।

निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा अडप्ने अर्थमन्त्री अनि स्वास्थ्य सामग्री खरिदमा कमिसन खानेहरु प्रधानमन्त्रीका खास मन्त्री भएको थापाको टिप्पणी छ ।

‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्रीको कुर्सीमा बिराजमान छन’ उनले भने–‘उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाँने, अनि तर खाने मान्छे चाहिँ अर्थमन्त्री हुने कस्तो सरकार हो ?’

यो सबै प्रधानमन्त्रीको इच्छा बमोजिम चलेको छ भन्दा गलत नहुने वताएका थापाले ‘भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन । बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ’ भने।

उनले नेकपा लोभीपापीहरुको मञ्च मात्र भएको दाबी पनि गरे।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial