काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :