देशभर २४ घण्टामा ५३४ कोरोना संक्रमित थपिए, कहाँ कति ?


काठमाडौं ।
नेपालमा कोरोना भाइरसका आज ५ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५२ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

गत २४ घण्टामा ६ हजार जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ ।

काठमाडौँ उपत्यकामा थपिए ३१२ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २२५ , ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना संक्रमित थपिएका हुन ।

नयाँ थपिएका संक्रमितसहित हालसम्म काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख २० हजार ३३८ पुगेको छ ।

थप ४४७ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५२ हजार ३५९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप थप ९ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial