एउटा बोकाको मूल्य ४ लाख रुपैयाँ, अझै भाउ पुगेन !


बाग्लुङ्ग  - 
एउटा बोकाको मूल्य कति पर्ला ? पक्कै तपाईंले भन्नुहुनेछ– केही हजार तर यहाँ एउटा बोकाको मूल्य ४ लाख रुपैयाँभन्दा बढी तोकिएको छ ।बागलुङ नगरपालिका–११ रायडाँडाका चिरञ्जीवी केसीले ४ लाख रुपैयाँ तिर्ने आउँदा पनि बोका नबेचेको बताएका छन् । ‘मैले अझै केही समय पाल्ने भनेर दिइनँ,’ केसीले भने, ‘अर्को बोका किनेपछि साढे ४ लाख रुपैयाँ पाए मात्रै बेच्छु ।’ अस्ट्रेलियन बोयर जातको यो बोकाको तौल १ सय २० केजी छ । यो २८ महिनाको भयो ।

केसी पशु प्राविधिक पनि हुन् । मौरीपालन व्यवसायबाट तीन वर्षअघि बाख्रापालनलाई उनले व्यावसायिक बनाएका हुन् । कान्तिपुरमा खबर छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial