मेरो आवाज गजलमा हुन्छ सरकार - गजल


प्रकाशित: मंसिर २७, सनिबार, बिराटनगर । 
यहाँ हत्या अनि बलात्कार पलपलमा हुन्छ
सरकार दोषीलाई बचाउने छलफलमा हुन्छ।

गरिब खुल्ला आकाश मुनि रात बिताउँछ
मीठो निन्द्रा त तिनै दरबार र महलमा हुन्छ।

अगि बढ्नलाई क्षमताको कुरा गर्छौ तिमी
केही चाहिँदैन सब सेटिङ र पहलमा हुन्छ।

आन्दोलनमा जनता कुट्न पुलिस खटाएर
बार्ताका लागि सरकार भट्टी पसलमा हुन्छ।

सक्छस् दोषीलाई कारबाही गर सरकार
नत्र तेरो विरुद्ध मेरो आवाज गजलमा हुन्छ।

मनिष पोखरेल 
बिराटनगर 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial