एसियन लाईफकाे सीईओमा दिनेशलाल श्रेष्ठ नियुक्त


काठमाडौं, २९ मंसिर
– एसियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । उनलाई सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएकाे बीमा समिति स्राेतले जनाएकाे हाे ।

बीमा समितिले सीईओ बन्न स्वीकृती दिएसँगै उनी एसियिन लाइफको सीईओमा नियुक्त भएका हुन् । एसियन लाइफ इन्स्योरेन्सले उनलाई सीईओ बनाउनका लागि बीमा समितिमा गत साता सिफारिस गरेको थियाे ।

उनी यसअघि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । उनको कार्यकाल अब ४ वर्षको रहने छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial