एजेन्सी । सन् २०२८ सम्ममा चीन विश्वकै धनी मुलुक बन्ने भएको छ । विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई पछि पार्दै चीन संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने प्रक्षेपणसहितको प्रतिवेदन शनिबार बेलायतमा सार्वजनिक भएको हो ।
बेलायतमा कार्यालय रहेको सेन्टर फर इकोनोमिक्स एण्ड विजनेस रिसर्च (सीईबीआर) ले चीनले यसअघिको आंकलन भन्दा ५ वर्ष अगाडि नै अमेरिकालाई पछि पार्दै संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने प्रक्षेपण गरेको हो ।
कोरोना महामारीको समय र त्यसपछिको व्यवस्थापकीय कुशलताका कारण आगामी वर्षहरुमा अमेरिका र युरोपीय देशको तुलनामा चीनले सापेक्ष विकास बढाउने प्रतिवेदनमा उल्लेख छ ।
चीनले कोरोना नियन्त्रणका लागि अपनाएका कठोर उपायहरुकै कारण उसले अर्थतन्त्र धरासायी हुने लकडाउनजस्ता गतिविधि पटक पटक गर्नुपरेन । तर युरोपेली मुलुकहरु भने लकडाउनै सहारा लिन बाध्य भैरहेका छन । जसका कारण ती देशका अर्थतन्त्र बिग्रंदो अवस्थामा छ ।
जसको परिणामस्वरुप चीनले मुख्य अर्थव्यवस्था भएका अन्य मुलुकभन्दा विपरित सन् २०२० मा आर्थिक मन्दीबाट आफूलाई जोगाउन सफल भएको छ । यसका अलावा चीन यो वर्ष झन्डै २ प्रतिशतको आर्थिक बृद्धिको प्रक्षेपण पनि गरेको छ ।
प्रतिवेदनले सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रुपमा उदाउने प्रक्षेपण गरेको छ । सीईबीआरले हरेक वर्ष बक्सिङ डे अर्थात क्रिसमस डेको भोलिपल्ट विश्वभरको आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने बिबिसीले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :