श्रीराम सुगर मिलले आजदेखि किसानको बक्यौता भुक्तानी शुरु गर्ने


काठमाण्डौ । उखु किसानले भुक्तानीका लागि आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिलले आजदेखि भुक्तानी दिन सुरु गर्ने भएको छ ।

राैतहटकाे श्रीराम सुगर मिलले आफूले भुक्तानी दिन बाँकी रहेको रकम पनि सार्वजनिक गरेको छ ।

मिलले जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरिद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

यो रकमको भुक्तानी यही पुस ८ गतेभित्र गरिसक्ने प्रतिबद्धता पनि उद्योगले गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial