मनकामना केबलकार पूनः सञ्चालनमा, डिजिटल माध्यमबाटै टिकट खरिद गर्न सकिने


काठमाडौं, २९ मंसिर
– करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पूनः संचालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबारदेखि केबलकार संचालनमा आएको हो ।

आइतबार बिहान ९ बजेदेखि संचालनमा ल्याइएको केबलकारमा बिहान ७ बजेदेखि नै यात्रु तथा भक्तजनहरु अत्यन्त उत्साहका साथ लाइनमा बसेको देखिन्थ्यो । लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर र बजार खुलेसँगै केबुलकारबाट मन्दिर दर्शन गर्न जाने भक्तजनहरुको भीड लागेको हो ।

केबलकारले यात्रुहरुलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको छ । जसअन्तर्गत केबलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाइनमा बस्दा भौतिक दुरी, हात धुने आदि व्यवस्था मिलाइएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने समेत जनाएको छ ।

कोरोनापछि खुलेको केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन गरिने बताइएको छ । तर शनिबारको दिन दर्शनार्थीहरुको चाप बढी भएमा बिहान ८ बजेदेखि नै संचालनमा ल्याइने समेत केबुलकारले जनाएको छ ।केबुलकार खुलेसँगै मनकामना क्षेत्र आसपासका व्यापार व्यवसायमा समेत चहलपहल देखिन थालेको छ ।

केबुलकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै नगदरहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial