राजतन्त्र फर्किन्छ भन्ने सोँच नराखे हुन्छ : प्रवक्ता श्रेष्ठ


प्रकाशित: मंसिर १६, मंगलबार, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजावादी शक्ति पुनः स्थापित हुन नसक्ने जनाएको छ। राजसंस्था विस्थापित शक्ति भएको उल्लेख गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनतामा स्थापित हुने सपना नदेख्न उनले चेतावनी दिए। सचिवालय बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले भने, ‘प्रतिगामी शक्तिहरुले स्थापित हुने सफलता नसोचे हुन्छ।’

देशका विभिन्न शहरमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै भएका प्रदर्शनको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले जनताद्वारा विस्थापित शक्तिहरु पुनःस्थापित हुन नसक्ने बताए ।

‘प्रतिगामी शक्तिहरुले नेपालमा फेरि पनि प्रतिगमनको सफलता प्राप्त गर्ने नसोचे हुन्छ,’ मंगलबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा भएको छलफलबारे जानकारी दिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial