साम्पडोरियामाथि २–१ को जित निकाल्दै मिलान शीर्षस्थानमा


प्रकाशित: मंसिर २२, सोमबार, एजेन्सी । 

आइतबार राति साम्पडोरियामाथि २–१ को जित निकाल्दै मिलानले शीर्षस्थानमा फराकिलो अग्रता लिन सफल भएको हो । मिलानको १० खेलबाट २६ अंक पुगेको छ । जसमा ८ जित र २ बराबरीको नतिजा छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको २१ अंक छ । पराजित साम्पडोरिया ११ अंक जोडेर १२औं स्थानमा छ ।

जेनोभामा आइतबार राति भएको खेलमा मिलानको जितमा फ्रान्क केस्सी र स्यामुइल क्यास्टिलेजोले गोल गरे । घरेलु टोलीका एल्विन एक्दलले एक गोल फर्काए । मिलानले घरेलु टोलाई खेलको शुरुवातदेखि नै दवावमा राखेपनि गोलको लागि पहिलो हाफको अन्त्यतिर पेनाल्टीको साहरा लिनुपरेको थियो ।

सान्द्रो टोनालीको प्रहारलाई थियो हर्नान्डेजले हेडर गर्दा ज्याकुव जान्कटोको हातमा लाग्दा रेफ्रीले मिलानलाई पेनाल्टी प्रदान गरेको थियो । जसलाई फ्रान्क केस्सीले कुर्न गल्ती गरेनन् । ४७औं मिनेटमा सान्द्रो टोनालीको प्रहारलाई साम्पडोरियाका गोलरक्षक एउडेरोले विफल पारे ।

७७औं मिनेटमा एन्टी रेविचको पासमा स्यामुइल क्यास्टिलेजोले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ७९औं मिनेटमा रेविचले गोलरक्षकलाइए बिट गर्दै गरेको प्रहारलाई कोलेले विफल पारे । लगत्तै मिलानले अर्काे अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

८२औं मिनेटम एल्विन एक्दलले गोल गर्दे खेललाई २–१ को अवस्थामा ल्याए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा काउन्टर अट्याकमा क्यानड्रेभाको क्रसमा एक्दलको हेडर पोस्ट नजिकैबाट बाहिरिदा घरेलु टोलीले हार टार्न सकेन ।

अन्य नतिजा
हेलास भेरोनाविरुद्ध काग्लिएरी (१–१), पार्मा काल्सियोविरुद्ध बेनेभेन्टो (०–०), रोमाविरुद्ध सस्सुलो (०–०)। क्रोटोनविरुद्ध नपोलि (०–४)

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial