सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली, बाँकी क्षेत्रको मौसम सफा


काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने पश्चिमी वायुको प्रभाव कायमै रहेको छ ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदली रहेको छ ।

दशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भाव छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।


आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश रगण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial