प्रभु बैंकले कर्पोरेट–पे प्रणाली प्रदान गर्ने


काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट–पे प्रणालीको सुरुवात गर्ने भएको छ । त्यसका लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ ।

सम्झौतामा प्रभु बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस अथवा एनसीएचएल–आइपीएस मारियल–टाइम वा नन–रियल टाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।

कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्वीकृती लगायतका आवश्यक प्रकृया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial