काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज घटेको छ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले घटेको छ । नेपाली बजारमा चाँदी आज प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :