मिस नेपाल बनिन् नम्रता, कसले कति पुरस्कार पाए?


प्रकाशित: मङ्सिर २१, आइतबार , काठमाडौँ ।
नम्रता श्रेष्ठ मिस नेपाल बनेकी छन्। शनिबार अन्य प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपालको उपाधि जितेकी हुन्। अब उनले मिस वर्ल्ड २०२० मा सहभागी हुन पाउने छिन्। 

मिस नेपाल सुपरनेशनल सिमल कान्यूजिया मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्मा र मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ विजेता घोषणाभएका छन्।

मिस नेपाल विजेता नम्रतालाई शनिबार मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले क्राउन पहिराइ दिएकी छन्। नम्रताले नगद २ लाख ५ हजार रुपैयाँ प्राप्त गरेकी छन्।

यस्तै ब्युटी विथ पर्पस र मिस पपुलर च्वाइस अवार्डको उपाधि सन्ध्या शर्माले जितेकी छिन् ।

मिस हेल्दीको उपाधि नेहा सरकारले उचाल्दा मिस फोटोजेनिकको उपाधि आस्तिका श्रेष्ठले जितेकी छिन्। मिस ग्ल्यामरको उपाधि योजना भट्टराईले जितेकी छिन् भने मिस स्टाइलिस मेरिसा सिंह सुवालले जितेकी छिन्।

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाइन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन पाउनेछिन्।

प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाइन । उनीहरु तीनै जनाले नगद रु दुई लाख ५० हजार पाए ।

यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि रु २५ हजार रहेको छ ।




तस्विर रासस 
-अन्नपुर्ण पोस्ट दैनीक

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial