सुनको मुल्य तोलामा ७ सय घट्यो


प्रकाशित: मंसिर २४, बुधबार, काठमाडौँ ।

बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ७ सयले घटेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ९५० कायम भएको छ । 

त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial