लिभरपुलको सानदार जित


प्रकाशित: मंसिर २२, सोमबार, एजेन्सी । 

इंग्लिस प्रिमियर लिगमा साविकको विजेता मर्सिसाइड क्लब लिभरपुलले सानदार जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा लिरभपुलले वल्भ्समाथि ४–० को फराकिलो जित हात पारेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह, जर्जिन्हो वाइनाल्डम र जोएल मटिपले गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो ।

घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेलमा लिभपुलले वल्भ्समाथि खेलको सुरुवातदेखि नै दवाव बढाएको थियो । तर, पहिलो गोलको लागि २४औं मिनेटसम्म कुर्नुपरेको थियो । मोहम्मद सलाहले गाल गर्दै लिभरपुललाई अग्रता दिलाए । 

जोर्डन हेन्डरसनको प्रहारलाई कोआडेको हेडर सलाहसमक्ष पुग्दा उनले कुनै गल्ती गरेनन् । खेलको ५८ औ मिनेटमा जिओर्जिनिले थप एक गोल गरेका थिए भने, लिभरपुकै जोएल म्यटिपले ६७ औ मिनेटमा र नेल्सन सेमेडोले ७८आउ मिनेटमा थप एक गोल गरि ४-० को जित दिलाएका थिए । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial