बागलुङ । बागलुङ नगरपालिका–१३ पैयुँपाटाको जलजला भन्ने ठाउँमा मृतावस्थामा चितुवा भेटिएको छ ।
वयस्क भाले चितुवा आइतबार जलजलाको खरबारीमा मृत भेटिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले बताए । ‘बिहान स्थानीयवासीले खबर गर्नुभयो, खरबारीमा मृत चितुवा उहाँहरुले देख्नुभएको रहेछ’, अधिकारीले भने, ‘वन कार्यालयको टोलीले मृत चितुवा उठाएर ल्यायो ।’ के कारणले चितुवा मर्यो भन्न नसकिएको उनले बताए ।
चितुवाका शरीरमा कुनै चोटपटक छैन । मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको जानकारी दिइएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :