काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८३२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३१ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ ।
अहिलेसम्म नेपालमा १९ लाख १५ हजार २३२ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :