एकसयले उकालो लाग्यो सुनको मूल्य


काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला एकसयले उकालो लागेको छ ।

प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

छापावाला सुन बुधबार प्रतितोला रु ९४ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।

चाँदी प्रतितोला रु एक हजार २८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला रु १५ ले वृद्धि भएको छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial