आदर्श विद्यालय विराटनगरमा समावेशी शिक्षासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न


प्रकाशित: मंसिर २९, सोमबार, विराटनगर ।
आदर्श माध्यमिक विद्यालय बिराटनगर मा आज सोमबार विद्यालयका प्रधानाध्यापक श्री तुलसी प्रसाद दुलालको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) श्री भिम पराजुली ज्यूको प्रमुख आतित्यथमा समावेशी शिक्षा सम्बन्धी एकदिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
 
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर श्री भिम पराजुली ज्यू, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री इन्द्रमणि पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई का प्रमुख श्री टंक प्रसाद गौतम, विराटनगर महानगरपालिका का नगरशिक्षा अधिकारी श्री दुर्गा प्रसाद खतिवडा ज्यू, शिक्षा तथा मानव स्रोत विकास केन्द्र का श्री नारद प्रसाद धमला ज्यू, करुणा फाउन्डेसन बाट श्री उमेश कुँवर, रष्ट्रिय अपाङ्गता महासंघ, प्रदेश १ बाट श्री विमल वस्नेत ज्यू, शिक्षक अभिभावक संघ का अध्यक्ष श्री बाबुकाजी थापा ज्यु लगायतका विशिष्ट व्यक्तिहरूको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संयोजकत्व आदर्श माध्यमिक विद्यालय बिराटनगरका शिक्षक श्री इन्द्रबहादुर चौहानले गर्नुभएको थियो । कार्यक्रमको शुभकामना मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक श्री संतोष पोखरेल ज्यू लगायत विभिन्न अतिथिजनहरुले दिनुभएको थियो ।

उक्त कार्यक्रम ४ चरणमा वर्गीकरण गरी सम्पन्न भएको थियो जसमा आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारी हरुको उत्साहजनक उपस्थिति रहेको थियो । विहान १० बजे सुरु भएको उक्त कार्यक्रम बेलुकी ५ बजे सम्पन्न भएको थियो जसमा विभिन्न व्यक्तित्वहरुले समावेशी शिक्षाको महत्व, यसका अवधारणा, यसका लागि विद्यालयमा चाहिने पूर्वाधारका आवश्यकता लगायतका कुराहरूमा प्रस्ट पार्नुभएको थियो ।

शिक्षा पउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो । नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षा आजको उपयुक्त र सान्दर्भिक मुद्दा बनेको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा २४ ले अपाङ्गता भएका बालबालिकाले अन्य बालबालिकासँगै समान आधारमा समावेशी शिक्षा पाउने अधिकारलाई सुनिश्चित गरेको छ । यस मान्यतालाई नेपाल सरकारले पनि स्वीकार गरी त्यो अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरी संसद्ले अनुमोदनसमेत गरिसकेको ।

सानो समाजको रूपमा हेरिने विद्यालयदेखि नै समावेसी शिक्षा विकासको अभ्यास गर्ने हो भने तिनै बालबालिकाले निर्माण गर्ने भविष्यको समाज पनि बृहदरूपमा समावेशी समाज बन्नसक्ने कुरामा विश्वास गर्न सकिन्छ ।

समावेशी शिक्षा भन्नाले विभिन्न भाषा-भषी, वर्ग, क्षेत्र र अपाङ्ता भएका बलबालिकाले हाँस्दै, खेल्दै घरनजिकैको विद्यालयमा जाने, समान आधारमा सबै बालबालिकासँगै सिक्न पाउने वातावरण सिर्जना गर्नु नै हो । यस पद्धतिले बालकेन्द्रित शिक्षामा जोड दिन्छ ।

बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा उनीहरूलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । यस कार्यलाई सबैका लागि शिक्षा भन्ने बहुचर्चित शिक्षा अभियानले पनि अङ्गीकार गरेको छ । त्यसैगरी, नेपाल सरकारले पनि यस बहुचर्चित कार्यक्रमलाई पञ्चवर्षीय योजना (सन् २००४ देखि २००९) मा समावेश गरी कार्यान्वयनमा तदारुकाता देखाइसकेको छ ।

फरक क्षमता भएका, भिन्न बालबालिकारु, यिनीहरू अरू बालबालिकाभन्दा फरक छन्, त्यसकारण उनीहरूलाई भिन्नै विद्यालयको आवश्यकता पर्छ भन्ने सोचले अपाङ्गतालाई समाजबाट अलग गरिदिन्छ र समाजसँगै हुर्कने, बढ्ने, पढ्ने एवं सँगसँगै प्रतिस्पर्धी बन्ने अवसरबाट वञ्चित गर्छ । यस्ता कारणहरूले अपाङ्हता भएका व्यक्तिहरूको विकास प्रक्रिया नै ढिला र पछौटे बनाउँदछ, जसका कारण समाजमा अन्य व्यक्तिहरूसँगै प्रतिस्पर्धी बन्न असमर्थ बनाउँछ ।

अवसर पाएमा सबै बालबालिकाले पढ्न र सिक्न सक्छन् भन्ने मान्यताका साथ समावेशी शिक्षाले अरू थप बहिष्करण हुनबाट रोक्छ र समाजसँगै हुर्कने, बढ्ने र पढ्ने एवं पतिस्पर्धी बन्ने अवसर उपलब्ध गराउने नयाँ उपायहरू सुझाउँछ । यस पद्धतिले segregated पद्धतिभन्दा पनि integrated पद्धतिमा विश्वास गर्छ । विविध वर्ग, क्षेत्र, लिङ्ग, क्षमता, आर्थिक-सामजिक परिवेशका बालबालिकालाई एउटै कक्षामा राखी शिक्षा दिंदा बालबालिकाले एकले अर्कोबाट सिक्ने मौका पाउँछन् र एकले अर्काको सम्मान, कदर गर्न सिक्छ्न् ।
ज्ञान आफैँभित्र क्रमश: विकास हुँदैजाने प्रक्रिया हो । धेरै प्रकृतिका बालबालिकालाई एक-अर्कोबाट सिक्न उत्प्रेरित गर्ने र नवीन ज्ञानको खोजी गर्न सहयोग गर्नाले उनीहरूमा सिर्जनात्मक क्षमता विकास हुन्छ ।

बच्चालाई संथाकरण गर्ने, घर-परिवारबाट टाडा विद्यालयमा राख्ने, पारिवारिक वातावरण, आमा-बाबुको हेरचाह र प्रेम, दायित्ववोध र सुसंस्कृत बनाउने अवसरबाट वञ्चित गरिनु गलत अभ्यास हो । बाबु-आमाको माया पाउनु, पारिवारिक वातावरणमा हुर्कन र पढ्न पाउनु बाल अधिकार हो । त्यसका लागि परिवारले घरनजिकैको विद्यालयमा आफ्नो बच्चालाई पढाउने काम बाल अधिकारको सम्मान पनि हो समावेशी शिक्षा ।






.

प्रतिक्रीया दिनुहोस :

1 Comments

आफ्नो प्रतिक्रिया दिनुहोस् :

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial