कोरोना अपडेटः विश्वभर सक्रिय संक्रमितको संख्या झण्डै २ करोड १४ लाख


एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ७ करोड ५१ लाख ५७ हजार नाघेको छ । त्यसैगरी सक्रिय संक्रमितको संख्या २ करोड १३ लाख ८१ हजार नाघेको छ ।

वर्ल्डो मिटरको आँकडा अनुसार बितेको २४ घण्टामा मात्रै विश्वभर थप ५ लाख ४० हजार संक्रमित थपिएका छन् ।

त्यस्तै, सोही अवधिमा ७ हजार ९१२ संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या १६ लाख ९९ हजार १३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार संक्रमित निको भएका छन् । यससँगै कोरोना भाइरस निको हुनेको संख्या ५ करोड ४० लाख ७७ हजार नाघेको छ ।

हाल विश्वका एक लाख ६ हजारबढी संक्रमितको स्वास्थ्य अवस्था गम्भिर रहेको वर्ल्डो मिटरले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial