कोरोनाका कारण १६०० बढिको निधन


प्रकाशित: मंसिर २३, मंगलबार, काठमाडौँ । 

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरस (कोभिड १९) को कारण मृत्यु भएको छ । यससँग कुल मृतकको संख्या १ हजार ६ सय १४ पुगेको छ। यसअघि आइतवार कोरोनाको कारण १७ जनाको मृत्यु भएको थियो ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २८ जना कोरोना मुक्त भएका छन् भने संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ ।

पछिल्लो समय नेपालमा क्यारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल नेपालमा ५ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् । भने हाल १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial