थप ८३० जनामा कोरोना संक्रमण पुष्टि ; १५०० जना संक्रमणमुक्त


काठमाडौं, मंसिर २८ – पछिल्लो २४ घण्टामा नेपालमा ८३० जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा ५ हजार १८१ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५१६ रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९९४ जना सक्रिय संक्रमित छन्।

आज १५०० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial