एजेन्सी । अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोपलाई स्वीकृति दिएको छ ।
खोप तथा औषधि सम्बन्धी अमेरिकी नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले मोर्डेनाले विकास गरेको खोपलाई पनि आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो ।
एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले मोर्डेनाको खोप सुरक्षित एवं प्रभावकारी रहेको भन्दै सर्वसम्मतरूपमा स्वीकृति प्रदान गरेपछि एफडीएले सर्वसाधारणमा आपतकालिन प्रयोगका लागि स्वीकृति दिएको हो ।
यसअघि एफडिएले फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई स्वीकृति प्रदान गरेपछि हाल सर्वसाधारणलाई खोप लगाउन थालिएको छ ।
दुवै खोपले स्वीकृति पाएसँगै कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा परेको अमेरिकामा सर्वसारधारणको जीवन सुरक्षित हुने अपेक्षा गरिएको बिबिसीले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा ३ लाख २० हजारभन्दा बढी संक्रमितको मृत्यु भैसकेको छ भने १ करोड ७८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :