भारतमा पछिल्लो २४ घण्टामा ४९८ कोरोना संक्रमितको मृत्यु


प्रकाशित: मंसिर १८, बिहिबार, एजेन्सी । 
भारतमा पछिल्लो २४ घण्टामा ४९८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३८ हजार ६५७ पुगेको छ ।

यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९५ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ३३ हजार ४७१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८९ लाख ७० हजार १०४ जना संक्रमणमुक्त भएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial