हुम्लामा मानवाधिकार उल्लङ्घनका घटना बढे


सिमकोट । ‘नेपाल मानवाधिकार वर्ष पुस्तक २०२१’ का लागि सङ्कलित घटनाको वार्षिक पूर्व समीक्षा कार्यक्रम हुम्ला सदरमुकाम सिमकोटमा बुधबार सम्पन्न भएको छ । मंगलबार इन्सेक हुम्लाका प्रतिनिधि नन्द सिंहले ‘नेपाल मानवाधिकार वर्ष पुस्तक २०२१’ लागि वार्षिक पूर्व समीक्षा कार्यक्रममा प्रस्तुत गरेअनुसार गत वर्षको तुलनाभन्दा यस वर्ष मानवाधिकार उल्लङ्घनका घटना बढी रहेका छन् ।

इन्सेक जिल्ला प्रतिनिधि सिंहले नेपाल मानवाधिकार वर्ष पुस्तक सन् २०२१ का लागि तयार पारिएको प्रतिवेदनमा २०२० जनवरीदेखि हालसम्म राज्य पक्षबाट धम्की, कुटपिट चारवटा, अन्य पक्षबाट धम्की, कुटपिट सातवटा रहेका छन् भने महिला अधिकारसम्बन्धीका बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका चारवटा घटना रहेका छन् ।

यस्तै जातीय विभेद एक, बालअधिकार दुई, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, दुर्व्यवहारका चारवटा गरेर २७ घटना रहेको प्रतिनिधि सिंहले बताउनुभयो । हुम्लामा गत वर्ष २४ घटना भएका थिए भने यो वर्ष मानवाधिकारका विभिन्न प्रकार २७ घटना रहेको सिंहले बताए ।

आजै भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतलगायतको सहभागिता रहेको थियो । वर्ष पुस्तक २०२१’ का लागि सङ्कलित घटनाको प्रतिवेदन एकतर्फी भनाइ राखेको भन्दै प्रमुख जिल्ला अधिकारी गिरीले पीडक र पीडित दुवै पक्षको भनाइ समेट्नुपर्ने बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial