उकालो लाग्यो सुनको मूल्य


काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो धातु आइतबार प्रतितोला रु ९३ हजार ८५० मा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोवार भएको छ । आइतबार सो धातु रु एक हजार २८० मा कारोवार भएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial