बलात्कार आरोपी सिद्धबाबालाई जिल्ला अदालतले दियो सफाइ


प्रकाशित: मंसिर २३, ,मङ्गलबार, सुनसरी  । 

बलात्कार आरोपमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । गिरीलाई एक अनुयायीमाथि बलात्कार गरेको आरोप रहेको छ ।

बलात्कारको आरोप लागेसँगै पक्राउ परेका उनलाई सोमवार जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको हो।

गिरी सुनसरीको चतरामा आश्रम बनाएर बसेका थिए । उनलाई एक अनुयायी महिलाले बलात्कारको आरोप लगाएकी थिइन् ।

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गिरीका वकिलहरुको एकतर्फी बहस सुनेपछि न्यायाधीश कोइरालाले सफाइ दिएको स्रोतले जनाएको छ ।

साथै यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial