प्रधानमन्त्री ओलीको गृहजिल्ला झापासहित देशका विभिन्न भागमा राजावादीको प्रदर्शन


प्रकाशित: मङ्सिर २१, आइतबार, झापा । 
राजसंस्था र हिन्दुराष्ट्र स्थापनासाथै र संघीयता खारेजीको माग गर्दै शनिबार प्रधानमन्त्री केपी शर्माको गृह जिल्ला झापामा राजावादीहरूले शक्ति प्रदर्शन गरेका छन्।

उनीहरूले विशाल मोटर तथा मोटरसाइकल र्‍याली प्रदर्शन गरेका छन्।

राप्रपा झापाको आयोजनामा भएको प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए।

दिउँसो साढे २ बजे काँकरभिट्टाबाट एकीकृत र्‍याली प्रारम्भ भएको थियो।

ठूलो संख्यामा सहभागीले ‘राजा आउ देश बचाउ, नारायणहिटी दरबार खाली गर’ लगायत नारा लगाएका थिए।

प्रदर्शनका क्रममा बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले शनिबारको प्रदर्शन शुरुवात मात्र भएको चेतावनी दिए।

काँकडभिट्टादेखि विर्तामोडसम्म गरिएको मोटर तथा मोटरसाइकल र्‍यालीमा सहभागीले ‘राजा आउ देश बचाउ, नारायणहिटी दरबार खाली गर’ जस्ता लगायत नारा लगाएका थिए।

बिर्तामोडमा भएको सभामा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले आजको प्रदर्शन शुरुवात मात्र भएको बताउनुभयो ।

पछिल्लो समय राजावादीले देशभर नै यस्ता प्रदर्शन गर्दै आएका छन् । यसअघि, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, जनकपुर, विराटनगर लगायत स्थानमा पनि प्रदर्शन गरिएको थियो ।

उनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी नै छ।’ देशसन्चारमा समाचार छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial