पुस १३ मा मुलुकभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय


काठमाडौँ-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी पुस १३ गते मुलुकभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले संसद विघटन गर्ने सरकारको कदम अवैध भएकाले त्यसविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

केन्द्रीय समिति बैठकअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक समेत बसेको थियो ।

सो बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने अनौपचारिक सहमति गर्दै सभापति शेरबहादुर देउवालाई दबाब दिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial