नेपालमा २ लाख २९ हजार बढीले जिते कोरोना


प्रकाशित: मंसिर २४, बुधबार, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म नेपालमा २ लाख २९ हजार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ६ सय २१ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाको कुल संक्रमित संख्या २ लाख ४३ हजार ३ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण २३ जनाको ज्यान गएसँगै कुल मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको छ ।

यसअघि नेपालमा थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै १ हजार ६ सय २८ जना कोरोना संक्रमणमुक्त भएका थिए । भने २० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख ९९ हजार ६ सय ८६ जनाको कोरोना परीक्षण भएको छ ।

पछिल्लो समय नेपालमा कोरोनाका सक्रिय संक्रमित र क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । हाल नेपालमा १२ हजार ६ सय ८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ५२३ जना क्वारेन्टाइनमा रहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial