इन्टर मिलानको बोरुसिया मोन्चेनग्लाडवाकमाथि रोमाञ्चक जित


प्रकाशित: मंगसिर १७, बुधबार, एजेन्सी ।

बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगमा इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।

इन्टर मिलानको जितले समूह ‘बी’ बाट सबै चार टोलीको नकआउट चरण पुग्ने बाटो खुल्ला भएको छ । शीर्षस्थानको मोन्चेनग्लाडवाकको ५ खेलबाट ८ अंक छ । समान खेलबाटै साख्तर डोनेक्स र रियाल म्याड्रिडको ७ अंक रहँदा इन्टर मिलानले ५ अंक जोडेको छ ।

इन्टरको जितमा लुकाकुले दुई गोल गर्दा माटियो डार्मियनले एक गोल थपे । घरेलु टोलीका लागि एलासेन प्लेयाले दुई गोल गरेपनि हार टार्न सकेन । समूह चरणमा मोन्चेनग्लाडवाकको यो पहिलो हार हो । इन्टरसँगको हारसँगै बोरुसिया मोन्चेनग्लाडवाकले नकआउट चरण प्रवेशको लागि अर्काे खेल नै कुर्नुपर्ने भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial