प्रकाशित: मंसिर २३, मङ्गलबार, मोरङ ।
विप्लव समूहद्वारा मोरङमा एकजना शिक्षकको गोली हानी हत्या भएको छ । मोरङ प्रहरीले दिएको जानकारी अनुसार केहिबेरअघि शिक्षकको हत्या भएको हो ।
प्राप्त जानकारी अनुसार बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्याको घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी परिचालन गरिएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारी, ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुखले जानकारी दिए ।
उनका अनुसार निक्लाजुङ वडा नम्बर १ बर्खेका ५४ वर्षिय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको खबर आएपछि प्रहरी टोली परिचालन गरिएको हो ।
थप विवरण आउन बाँकी ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :