२४ घण्टामा थप ६०८ जनामा कोरोना पुष्टि, ८९२ जना संक्रमणमुक्त, ९ को मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८ सय ९२ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १६ पुगेको छ।

हाल देशभर ७ हजार ९२ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial