सर्वदलीय बैठक अघिनै मन्त्रिपरिषद् बैठक सम्पन्न


प्रकाशित: मंसिर २३, मङ्गलबार, काठमाडौँ । 

मन्त्रिपरिषद्को नियमित बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेबाट बसेको बैठक करिव १ घण्टामा सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज डाकेको सर्वदलीय बैठकअघि मन्त्रिपरिषद बैठक बसेको हो ।

सोमबारका लागि निर्धारित बैठक अन्तिम समयमा आएर रोकिएपछि आजका लागि सारिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी ठूलीआमाको निधन भएपछि सोमबारको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial