संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा रिट


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस र राष्ट्रपतिले गरेको अनुमोदनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा निवेदन पेस भएको छ । तर ती निवेदन सोमबारमात्रै दर्ता गर्ने हुने अदालतले जनाएको छ ।

सर्वोच्च अदालतमा अधिवक्ता लोकेन्द्र ओली–केशरजंग केसी, अधिवक्ताहरु समृत–सुलभ खरेलले र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले निवेदन पेस गरेका हुन् । अब संसद विघटन गर्ने मन्त्रिपरिषद् निर्णयको निर्क्यौल सर्वोच्च अदालतले गर्ने भएको छ ।

आइतबार पेश भएका रिट संवैधानिक इजलासमा पनि दर्ता हुने सम्भावना छ । संवैधानिक इजलासमा प्रधानन्यायााधीशसहित पाँच जना न्यायाधीश हुन्छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial