संसद विघटन ओलीको अधिनायकवाद : कांग्रेस, राष्ट्रपतिले रोक्नुपर्छ : जसपा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेर आधिनायकवाद स्थापना गर्न लागेका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले टिप्पणी गरेको छ । संविधानको हत्या गर्ने अधिकार कसैमा नभएको भन्दे कांग्रेसले प्रधानमन्त्रीको कदमको कडा विरोध गरेको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थितरा तर्फ धकेल्ने यस्तो कदमको घोर भर्त्सना गर्ने बताएका छन् । यस्तै प्रवक्ता विश्वप्रकाश शर्माले ओलीको कदमको राजनैतिक रुपमा प्रतिवाद गर्ने बताएका छन् ।

यता पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संविधानविपरित संसद विघटनको सिफारिस गर्नु दुःखद भएको बताएका छन् । पार्टीको ट्विटर ह्याण्डिलबाट भिडियो सन्देश दिँदै उनले यस्तो बताएका हुन् । अब राष्ट्रपतिले यो कदम रोक्नुपर्ने उनले बताएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial